काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जीत

स्वर्णिम खबर
१९ श्रावण २०८१, शनिबार १९:००

१९ श्रावण, काठमाडौँ । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई पराजित गरेको छ ।
काठमाण्डौमा जारी काभा महिला भलिबल लिगमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन ग¥यो । तेस्रो सेट नेपालले २५–१७ ले जित्यो । चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो । नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुग्नुभएको थियो । जीतसँगै नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा पुगेको छ ।
तीन खेल खेलेको भारत सात अङ्कसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*