अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्वको लागि होः उपप्रधानमन्त्री सिंह

स्वर्णिम खबर
१९ श्रावण २०८१, शनिबार १२:५२

१९ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उहाँले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताउनु भयो । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*