बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

स्वर्णिम खबर
१५ श्रावण २०८१, मंगलवार ११:२२

१५ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
साउन ८ गते नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुनुभएका लामाले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम सांसदबाट विश्वासको मत लिन लाग्नुभएको हो
सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले विश्वासको मत लिने निर्णय गर्नुभएको हो ।
पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिनुभएका मुख्यमन्त्री लामाले कांग्रेसबाट एक जना बिना विभागीय सहित ८ जना र एमालेका ६ जना गरी १४ जना मन्त्री नियुक्त गर्नुभएको हो । बागमती प्रदेशमा हाल १३ वटा मन्त्रालय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*