काँग्रेस–एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि होः सांसद मोदी
१४ श्रावण, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न काँग्रेस–एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । सांसद मोदीले उहाँले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेपनि उनीहरुले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन ? भनि प्रश्न समेत गर्नुभयो । सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताउनु भयो ।
सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै काँग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।