बागमती प्रदेशः १३ मन्त्रालयमा रहेको प्रदेशमा १४ जना मन्त्री नियुक्त

स्वर्णिम खबर
१२ श्रावण २०८१, शनिबार ११:४१

१२ श्रावण, हेटौँडा । बागमती प्रदेशमा मन्त्रीमण्डलको संख्या बढाइएको छ ।
१३ मन्त्रालयमा रहेको प्रदेशमा १४ जना मन्त्री नियुक्त गरिएको हो । शनिबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा शर्मा ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् । कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन् । उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*