प्रदेशका १३ जिल्लाका जिल्ला समन्वय समितिलाई दिने ५ करोड २० लाख अनुदान स्वीकृत

स्वर्णिम खबर
९ श्रावण २०८१, बुधबार १९:१३

९ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई दिने सहयोग अनुदानलाई स्वीकृत गरेको छ ।
बहादुर सिं लामाको नेतृत्वमा नवगठित सरकारको बुधबार बसेको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेशका १३ जिल्लाका जिल्ला समन्वय समितिलाई दिने ५ करोड २० लाख अनुदानलाई स्वीकृत गर्ने निर्णय गरिएको कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । समन्वय समितिबाट माग भए बमोजिम नै अनुदानलाई स्वीकृत गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
यसैगरी मन्त्रीपरिषद् बैठकले बुधबार बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जना प्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*