बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

स्वर्णिम खबर
८ श्रावण २०८१, मंगलवार १८:०७

८ श्रावण, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । लामाले मंगलबार नै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख शर्माले मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गर्नुभएको थियो ।
नुवाकोटका लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन् । उहाँको भोलि बुधवार प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गर्नुभएको छ ।
लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*