बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दाबी पेश
८ श्रावण, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कांग्रेसका संसदीय दलका नेता बहादुर सिं लामाले दावी पेश गर्नुभएको छ ।
कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष नेता लामाले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गर्नुभएको थियो ।
मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।