बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
६ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादबचन्द्र शर्मा समक्ष राजिनामा बुझाउनुभएको छ ।
विश्वासको मत लिन आईतबार बोलाईएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएपछि प्रदेशसभाका सभामुख भुवन पाठकले विश्वासको मत लिने कार्यसूची हटाइएको बताउनुभयो । प्रदेश सभा बैठक सकीए लगत्तै बागमती प्रदेशका मन्त्रीहरु सहित प्रदेश प्रमुखकोमा पुगेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाउनुभएको हो ।
गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।