प्रधानमन्त्री ओली संघीयता कार्यान्वयन प्रति जिम्मेवार छैनः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
६ श्रावण २०८१, आईतवार १२:०१

६ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश संरचनाको संस्थागत विकास हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विगत देखि नै संघीयता कार्यान्वयन प्रति जिम्मेवार नभएको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले १८ महिनाको कार्यकालमा गरेका प्रमुख कार्यहरुको पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्नुुहुँदै उहाँले संविधानत् प्रदेशले प्राप्त गर्नुपर्ने अधिकारहरु अझै पनि प्राप्त नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रदेशलाई समृद्ध बनाउन भुमिका खेल्नेमा पनि उहाँले आशंका व्यक्त गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रचण्ड नेतृत्वको सरकारले विगतमा प्रदेशलाई अधिकार सम्पन्न बनाउन पहलकदमी लिएको समेत दाबी गर्नुभयो ।


यसैगरी मुख्यमन्त्री जम्कट्टेलले आफ्नो १८ महिने कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खेलकुद क्षेत्रमा प्रदेशबासीले अनुभुति गर्ने खालको कामहरु गरेको दाबी गर्नुभयो । उहाँले ठुला र परिणाममुखी योजनाहरुलाई आफ्नो नेतृत्वको सरकारले अघि बढाएको पनि बताउनुभयो ।
जम्कट्टेल २०७९ पुसमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*