मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्वीप
५ श्रावण, हेटौँडा । नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
एमाले बागमती प्रदेशको शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिन ह्विप जारी गरेको एमाले बागमती प्रदेश संसदीय दलका मुख्यसचेतक मधुसुदन पौडेलले जानकारी दिनुभयो । आफ्ना सम्पूर्ण सांसदहरूलाई आइतबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको मुख्य सचेतक पौडेलले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ । केन्द्रमा दुई ठूला दलहरू कांग्रेस र एमालेबीच सत्ता–सहकार्य गर्ने सहमति भएसँगै यसको प्रभाव सम्पूर्ण प्रदेशमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलको बाहिर्गमनसँगै बागमती प्रदेशमा पहिलोपटक कांग्रेस नेतृत्वमा प्रदेश सरकार बन्ने निश्चित भएको छ ।