बागमती प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने

स्वर्णिम खबर
४ श्रावण २०८१, शुक्रबार १७:२९

४ जेठ, हेटौँडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ ।
कांग्रेस बागमती प्रदेश समितिको शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिँदैछन् । कांग्रेस–एमालेसहित नयाँ गठनबन्धन निर्माण भएसँगै प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् ।
वर्तमान सरकारलाई कांग्रेस, एमाले, राप्रपाले विश्वासको मत नदिने स्पष्ट पारिसकेका छन् ।मुख्यमन्त्रीको पक्षमा हालसम्म माओवादी केन्द्र सहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी देखिएको छ । वर्तमान गठबन्धनको केन्द्रीय सहमतिअनुसार बागमती प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*