२ वर्ष केपी ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छः मन्त्री दाहाल
३ श्रावण, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताउनुभएको छ ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि बताउनु भयो । उहाँले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताउनु भयो ।
मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताउनुभयो ।