नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँः उपप्रधानमन्त्री पौडेल

स्वर्णिम खबर
३ श्रावण २०८१, बिहीबार १५:१४

३ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरुले फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गर्नुभयो । उहाँले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताउनु भयो । अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको उहाँको भनाई छ ।
अर्थमन्त्री पौडेलले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*