हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वर्णिम खबर
३१ असार २०८१, आईतवार १७:३२

३० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकालाई १६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
आईतबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उपमहानगरपालिका भित्रका १९ वटै वडा सहित सिंगो उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।
जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले मेयर लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । हेटौंडा उपमहानगरभित्र १६ महिना देखि ५ वर्षसम्मका ७ हजार १ सय ८५ बालबालिकाले निर्धारित सम्पूर्ण खोपको मात्रा पूरा गरेका छन् । ३ हजार ९ सय ४१ बालबालिका पूर्ण खोपको चरणमा रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य साखाका सदस्य सचिव सूर्य प्रसाद तिवारीले जानकारी दिनुभयो । उपमहानगर क्षेत्रका २ जनाले मात्रै कुनै खोप नलगाएको भेटिएको उहाँले बताउनुभयो ।
पालिका पूर्ण खोप समन्वय समिति संयोजक एवं मेयर लामाले खोप सुनिश्चिततालाई निरन्तरता दिन उपमहानगर प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रममा मेयर, उपमेयर , वडा अध्यक्ष लगायतले पूर्ण खोपको निरन्तरताका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*