बागमती प्रदेश प्रमुखद्वारा अर्थ सम्बन्धी विधेयक प्रमाणीकरण

स्वर्णिम खबर
३१ असार २०८१, आईतवार १७:०२

३० असार, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
बागमती प्रदेशसभाबाट पारित भएर आएका दुई वटा विधेयकलाई उहाँले आइतबार प्रमाणिकरण गर्नुभएको हो । आर्थिक वर्ष २०८१÷०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ लाई प्रमाणिकरण गरिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी पठाउनुभएको थियो । विधेयकको प्रमाणिकरण भएसंगै प्रदेश सरकारलाई बजेटलाई कार्यान्वयन गर्ने बाटो समेत खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*