समयमै दूधको भुक्तानी हुनुपर्ने किसानको माग

स्वर्णिम खबर
३० असार २०८१, शनिबार १८:०३

२९ असार, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
दुग्ध उत्पादक किसानहरुलाई परेका समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । किसानहरुलाई परेको समस्या पहिचान गर्न विभिन्न ५ वटा उपसमूह बनाइएको थियो । सहभागीहरुले दूधको भूक्तानी समयमै पाउनु पर्ने, पशु आहारको ब्यवस्थापन सधै हुनु पर्ने, कार्यालय ब्यवस्थित र सफा राख्नुपर्ने, दूधको मूल्य बढाउनु पर्ने, कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिएका थिए । यसैगरि दुग्ध सहकारी संस्थाको छाता संगठनले दूधको भुक्तानीमा पहल गर्नु पर्ने, किसानको हित हुने किसिमको कार्यक्रम सञ्चालन गर्नु पर्नेमा समेत सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामहरि चौलागाई, निवर्तमान अध्यक्ष केशव सञ्जेल, सञ्चालक सदस्य सूर्यप्रसाद दुलाल, ब्यवस्थापक लक्ष्मण सापकोटा लगायतकाले सहजीकरण गरेका थिए । हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारी संस्थाका उपाध्यक्ष एवम कृषक हितकोषका संयोजक केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*