संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

स्वर्णिम खबर
२९ असार २०८१, शुक्रबार २०:३३

२८ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको हो ।
संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ ।
धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ ।
राष्ट्रपति पौडेलले शुक्रबार साँझ केही कानुनविदलाई बोलाएर पनि परामर्श समेत गर्नुभएको थियो । अधिकांश कानुनविदले ७६ (२) अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*