सडक डिभिजन कार्यालयमा ताला, बक्यौता रकम भुक्तानीको माग

स्वर्णिम खबर
२९ असार २०८१, शुक्रबार १२:५९

२८ असार, हेटौँडा । बक्यौता रकम भुक्तानीको माग गर्दैै निर्माण व्यावसायी संघ मकवानपुरले हेटौंडा स्थित सडक डिभिजन कार्यालयमा ताला लगाएको छ ।
सडक डिभिजन कार्यालय अन्तर्गत भएका ठेक्का सम्झौताको निर्माण कार्य सकिदा समेत रकम समयमै भुक्तानी नदिएको भन्दै ताला संघले शुक्रबार ताला लगाएको हो । सडक डिभिजन कार्यालयका कर्मचारीहरु कार्यालय भित्रै रहेको अवस्थामा निर्माण व्यावसायीले मुख्यद्वारमा ताला लगाएका हुन् । मकवानपुर जिल्लामा मात्रै विभिन्न निर्माण ब्यवसायीको करीब ४० करोड रुपैयाँ भन्दा बढि रकमको भुक्तानी बाँकी रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष्न बालगोपाल कँडेलले बताउनुभयो ।


सडक डिभिजन कार्यालयले मात्रै विभिन्न पुल, सडकलगायतका निर्माण गरेबापतको २० करोड भुक्तानी बाँकी रहेको छ । समयमै भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा पर्नुका साथै सप्लाई चेन नै टुटेको अध्यक्ष कँडेलले बताउनुभयो । यथाशीघ्र भुक्तानी नभएमा थप शसक्क्त आन्दोलन गर्ने निर्माण व्यवसयीले चेतावनाी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*