नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रह

स्वर्णिम खबर
२८ असार २०८१, बिहीबार ११:४७

२७ असार, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
बिहिबार संसदीय दलका नेता बहादुरसिं लामाले एक विज्ञप्ति जारी गर्दै कांग्रेस र एमालेबीच बनेको नयाँ सत्तासमीकरणका कारण वर्तमान प्रदेश सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो ।
उहाँले वर्तमान सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएर बाहिरिइसकेको सन्दर्भमा सरकार कामचलाउ हैसियतमा पुगेको भन्दै मुख्यमन्त्री जम्कट्टेललाई दूरगामी असर पु¥याउने कुनै निर्णय नगर्न पनि आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न संघ र सातवटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने संकल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण निर्माण भएको सन्दर्भमा प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सहज राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुने कुरा उल्लेख गरिएको छ ।
विज्ञप्ति मार्फत नेता लामाले यस्तो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय, नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकाले त्यसतर्फ ध्यान पु¥याउन पनि सचेत गराएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*