एमालेले छोडेका मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई

स्वर्णिम खबर
२७ असार २०८१, बुधबार १८:४६

२६ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेललाई ५ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सरकारबाट नेकपा एमाले बाहिरिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले एमालेले सम्हालेका पाँच मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्मकट्टेललाई तोक्नुभएको हो । मुख्यमन्त्रीको सिफारिसमा आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कार्यभार मुख्यमन्त्रीले नै सम्हाल्ने गरि प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा जनाइएको छ ।
प्रदेशमा हाल १३ मन्त्रालय र ८ जना मन्त्रीहरू रहेका छन् । माओवादी केन्द्रका ४, एकीकृत समाजवादी ३ र हाम्रो नेपाली पार्टीको १ जना मन्त्री रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*