सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन हुनुपर्छः मुकुल ढकाल

स्वर्णिम खबर
२७ असार २०८१, बुधबार १७:१९

२६ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभइ रवि लामिछाने क्लवबाट मात्रै निष्काषन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताउनुभयो । उहाँले सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रिय समिति सदस्यहरुले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने नेता ढकालको भनाई छ ।
नेता ढकालले आफूलाई राजनीतिक दलको मूल्यमान्यता विपरित गएर निलम्वन गरिएको र उपसभापतिबाट निलम्वनको पत्र दिन अवैधानिक रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*