एमाले र काँग्रेसबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैनः अध्यक्ष ओली

स्वर्णिम खबर
२७ असार २०८१, बुधबार १३:०८

२६ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताउनुभएको हो । उहाँले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताउनु भयो । उहाँले निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गर्नुभयो ।
उहाँले एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैल्याउनका लागि बोलिएको बताउनु भयो । उहाँले प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताउनु भयो ।
उहाँले संविधान गतिशिल, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकुल परिमार्जन हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*