मनहरी ३ का २१ जना कृषकले राहत पाए
२५ असार, हेटौँडा । विपद्ले बालीमा पु¥याएको क्षतिबापत् मनहरी गाउँपालिका–३ का किसानहरुले राहत प्राप्त पाएका छन् ।
मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी विपद्बाट बालीमा पुगेको क्षतिबापत् २१ जना कृषकहरुलाई राहत वितरण गरेको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ मा वडाको बजेटमा नै बाली क्षति भएका कृषकहरुका लागि राहतको व्यवस्था गरिएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले बताउनुभयो । तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रशिद्ध हाँडीखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षति भएको थियो ।
कृषकहरुले दुःख गरेर लगाएको बाली विपद्का कारण क्षति भएपछि उनीहरुको मेहेनतलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । कृषकहरुलाई जनही १० हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको थियो ।