काँग्रेस–एमालेलाई रास्वपा सांसद झाको सुझावः एकअर्कालाई विश्वास गर्नुस्

स्वर्णिम खबर
२५ असार २०८१, सोमबार १७:०७

२४ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर काँग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि काँग्रेस–एमाले डराएका बताउनु भयो । उहाँले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गर्नुभयो ।
उहाँले व्यापारिको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरुलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*