एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन समेत फिर्ता

स्वर्णिम खबर
२५ असार २०८१, सोमबार ११:२९

२४ असार, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।
अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने र प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार छन् । लामा यसअघिको सरकारमा एक वर्ष आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*