सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी, ५६ वटै ढोका खोलियो, हाइ अलर्ट जारी

स्वर्णिम खबर
२४ असार २०८१, आईतवार १७:०३

२३ असार, काठमाडौँ । सप्तकोशीमा पानीको बहावले सीमा नाघेपछि हाइ अलर्ट जारी गरिएको छ ।
आईतवार बिहानदेखि नै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहँव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनु भयो । उहाँले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको बताउनु भयो । उहाँले अवस्था सामान्य भएपनि कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको बताउनु भयो ।
उहाँले शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*