अविरल वर्षाको कारण चौकीटोल र शान्तिनगर जलमग्न
२२ असार, हेटौँडा । अविरल बर्षाका कारण हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोल र वडानम्बर ५ शान्तिनगर क्षेत्र जलमग्न भएका छन् ।
यस क्षेत्रमा वर्षेनी डुबान हुने गरेतापनि सम्बन्धित निकायले पानीको निकासा नगरिदिएको स्थानीयको गुनासो छ । मकवानपुरको कुखरेनी कर्रा, राप्ती, मनहरी र लोथर खोलामा पानीको बहाव बढेको छ । बाढीका कारण खेतीयोग्य जमिन कटानमा परेका छन् । हिजो रातीदेखि परेको अबिरल बर्षाले उपमहानगरक्षेत्र डुवानमा परेपनि जनधनको क्षति भने भएको छैन ।
बर्षा नरोकीए डुवान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने स्थानीय प्रशासनको तयारी छ । पुर्वपश्चिम राजमार्गका अधिकांस भागमा पानीको सतह बढेको छ । कैयौँ स्थानमा राजमार्गमै खोला बगीरहेका छन् । बर्षा अझै आउने सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन अनुरोध गरेको छ ।