बेलायतको प्रधानमन्त्रीमा किअर स्टार्मर नियुक्त

स्वर्णिम खबर
२२ असार २०८१, शुक्रबार १९:०३

२१ असार, काठमाडौँ । बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त हुनुभएको छ ।
संसदीय चुनावमा अत्यधिक बहुमत पाएसँगै स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । संसद्का ६ सय ५० सिटमध्ये स्टार्मरको पार्टीले ४ सय १२ सिट जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ११ सिटले धेरै हो । यस्तै विगत १४ वर्षदेखि सत्तामा रहेको कन्जर्भेटिभ पार्टीले १ सय २१ सिट मात्रै जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ५० सिटले धेरै हो । किअर स्टार्मर प्रधानमन्त्रीमा नियुक्त हुनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनक बकिङ्गम दरबारमा पुगेर राजा चार्ल्ससमक्ष राजीनामा बुझाउनुभएको थियो ।
राजा चार्ल्सलाई राजीनामा दिएर उहाँ बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिनुभएको हो । त्यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गर्नुभएको थियो । यसैबीच यसपालि बेलायतको ’हाउस अफ कमन्स’ मा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको बीबीसीले जनाएको छ । यस पटक २ सय ४० जनाभन्दा धेरै महिला सांसदमा निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*