अहिलेको परिस्थितिको मुख्य कारण नै प्रधानमन्त्रीको अस्थिरताः महामन्त्री थापा

स्वर्णिम खबर
२१ असार २०८१, बिहीबार १७:४९

२० असार, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको अस्थिरताको कारण नै अहिले परिस्थिति आएको बताउनुभएको छ ।
बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताउनुभयो । नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको महामन्त्री थापाको भनाई छ । उहाँले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली काँग्रेस मिलेको बताउनु भयो ।
महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*