नेकपा एमाले सरकारबाट बाहिरियो, प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा
१९ असार, काठमाडौँ । नेकपा (एमाले) का सरकारबाट बाहिरिएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका हुन् । कांग्रेस र एमाले बीच सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेका मन्त्रीले राजीनामा दिएका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।