हेटौंडा १६ मा सामुदायिक भवनको शिलान्यास

स्वर्णिम खबर
१९ असार २०८१, मंगलवार १८:५४

१८ असार, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं. १६ मा सामुदायिक भवनको शिल्यान्यास भएको छ ।
उपमहानगरका कार्यवाहक मेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा मंगलबार भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्नुहुँदै कार्यवहाक मेयर बानिंयाले नगरबासीलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभुति दिलाउन उपमहानगर लागि परेको बताउनुभयो । सामुदायिक भवनहरुबाट जनताले सहज तरिकाले सेवा पाउने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणको काम समयमै सक्न पनि निर्माण उपभोक्ता समितिलाई निर्देशन दिनुभयो ।
उपमहानगरको २० लाख बजेटबाट भवन निर्माण हुने १६ नं. वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनुभयो । निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्ण पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष राम थापा , ९ नम्बर वडा अध्यक्ष शुकराम के.सी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय सुर्य प्रसाद गौतम, १६ नम्बर वडाका सचिव दुर्गा प्रसाद न्यौपाने, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण सापकोटा, स्थानिय समाजसेवी रामकृष्ण तिवारी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*