चीनको हुनानमा बाढी रोकथामका लागि ड्रोन प्रयोग
१७ असार, एजेन्सी । मध्य चीनको हुनान प्रान्तको जिजियाङ नदीमा बाढी रोकथामका लागि ड्रोनको प्रयोग गरिएको छ ।
नदीमा पाँच दिनमा तीन पटक बाढी आएपछि बाढी नियन्त्रणमा चुनौती थपिएको हो । अनहुआ काउन्टीमा स्थानीय अधिकारीहरूले नदीको किनारमा बाढी रोकथाममा ड्रोन प्रयोग गरेका छन् । मानव गस्तीको तुलनामा, ड्रोन गस्ती छिटो भएकाले प्रयोग गर्नुपरेको बताउनु भयो । जिजियाङ नदीको काउन्टी–सीट खण्डमा गस्ती गर्न ड्रोनलाई मात्र २० मिनेट लाग्छ । जसले छोटो समयमा सम्भावित खतराहरू पहिचान गर्न सक्षम बनाउँछ ।