लेबनानी प्रधानमन्त्रीद्वारा देशको दक्षिणी क्षेत्र निरीक्षण

स्वर्णिम खबर
१८ असार २०८१, सोमबार १८:०२

१७ असार, एजेन्सी । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले देशको दक्षिणमा आफ्नो निरीक्षण भ्रमण पूरा गर्नुभएको छ ।
अक्टोबर ८, २०२३ मा लेबनान र इजरायल बीच टकराव शुरु भएदेखि मिकातीले पहिलो पटक दक्षिणी लेबनानको भ्रमण गर्नुभएको हो । प्रधानमन्त्रीले टायर शहरको बेनोइट बराकत ब्यारेकमा रहेको दक्षिण लितानी सेक्टरको सेनाको बेसमा पुगेर आफ्नो भ्रमण शुरु गर्नुभएको थियो । मिकातीको भ्रमण लेबनानमा आधिकारिक परीक्षाको शुरुवातसँगै भएको हो ।
टायरको नगरपालिका युनियनमा स्वास्थ्य क्षेत्रको बैठक गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमण समाप्त गर्नुभयो । उहाँले आफू सधैँ शान्तिका पक्षधर रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*