सधैं अन योजनाबाट ग्राहकले धेरै भन्दा धेरै फाइदा उठाउन् भन्ने हाम्रो चाहना होः विनम श्रेष्ठ

स्वर्णिम खबर
१८ असार २०८१, सोमबार ०९:४०

पछिल्लो समय एनसेलले आफ्ना ग्राहकहरुका लागि मोबाइल इन्टरनेट अझ सस्तो बनाएर सधैं अन योजना संचालन गरिरेहको छ । डाटा, भ्वाइस, एसएमएस सहित सामाजिक संजाल चलाउनको प्याक अनुसारको लागि निःशुल्क डाटा पनि पाइने यो योजनाको विशेषता रहेको कम्पनीले जनाएको छ । यसमा अर्को मुख्य विशेषता भनेको अब प्याक सकिएपछि पहिला जस्तो ब्यालेन्सबाट इन्टरनेटको पैसा काटिने डर हुन्न । यसैको सन्दर्भमा स्वर्णिम खबर डटकमले एनसेलका बागमती प्रदेशको प्रादेशिक व्यापार प्रबन्धक विनम श्रेष्ठसँग गरेको कुराकानीको अंश ।

यहाँलाई स्वर्णिम खबर डटकममा स्वागत छ ।
धन्यवाद ।

वास्तवमा एनसेलले ल्याएको यो सधैं अन भनेको चाँही के हो?
हाम्रा ग्राहकहरुले डाटा सधैं अन राखुन् र डाटा सेवाबाट धेरै भन्दा धेरै फाइदा उठाउन् भन्ने हाम्रो चाहना हो । सामान्यतया हामीलाई डाटा अन राख्दा प्याक सकिएपछि डाटा नचलाए पनि मोबाइलको ब्यालेन्स कटिन्छ भन्ने ग्राहकको गुनासो आउँथ्यो । त्यो समस्या समाधान गर्न हामीले सधैं अन भन्ने यो प्याकेज लिएर आएका हौँ । जहाँ डाटाको प्याक सकियो भने ग्राहकको मेन ब्यालेन्सबाट पैसा कट्दैन । आजकालको जमानामा ग्राहकहरुलाई डाटा सेवा नभई हुन्न त्यसैले उनीहरुलाई सस्तो शुल्कमा इन्टरनेटमा सधैं अनलाइन राख्ने उदेश्य सहित यो सधैं अन योजना ल्याईएको हो । एउटै प्याकमा डाटा, भ्वाइस, एसएमएस र अझै निःशुल्क सोसल मिडिया चलाउनका लागि छुट्टै डाटा पाइने भएकोले यो ग्राहकको लागि धेरै उपयोगी छ ।

सधैं अनको विशेषता के हो अथवा ग्राहकले सधैं अनको प्याकेज किन लिने?
सधैं अनको मुख्य प्राथमिकता नै ग्राहक हो । यसले पुरै पैसा असुल सेवा दिन्छ । हामीले ग्राहकलाई सधैं प्राथमिकता दिने भएको हुँदा ग्राहकको आवश्यकता के हो त ? मान्छे घरबाट बाहिर निस्कदा खेरी मोबाइलमा चार्ज नगरी घरबाट बाहिर निस्किदैन तर डाटा भने अफ गर्छौँ । चाहियो भने मात्र डाटा अन नत्र अफ रहन्छ । यस्तो किन हुन्छ त भनेर हेर्यौं र हाम्रो अध्ययन अनुसार अब डाटा अन अफ गरि राख्न नपरोस् र ग्राहकहरुको डाटा सधैं अन होस् भनेर अन अफ गर्ने बानीलाई निरुत्साहित गर्नको लागि सधैं अन ल्याएका हौँ । यसमा ७ दिने र २८ दिने गरि तीन प्रकारका प्याकहरु ग्राहकहरुले लिन सक्छन् । आफ्नो बजेट र सेवाको आवश्यकता अनुसार *१२३# डायल गरेर प्याक लिन सक्छन् ।

 

एनसेलको मुख्य प्रतिस्पर्धी नेपाल टेलिकम हो । दुवैबीच स्वस्थ प्रतिस्पर्धा हुँदा ग्राहकले पाउने सेवासुविधामा कस्तो प्रभाव पर्छ?
प्रतिस्पर्धाले ग्राहकहरुलाई फाइदा हुन्छ । जति बजारमा स्वस्थ प्रतिस्पर्धा हुन्छ त्यति नै नयाँ–नयाँ प्याकेजहरु ग्राहकका लागि आउँछन् । यसको प्रत्यक्ष फाइदा ग्राहकलाई नै हुन्छ । १० वर्षअघि जति पैसामा इन्टरनेट चलाउन पाइन्थ्यो त्यो भन्दा धेरै धेरै कम शुल्कमा अहिले इन्टरनेट चलाउन पाइन्छ । अझै ७ वर्ष अगाडि फोरजी प्रविधि आइपछि त झनै मोबाइल इन्टरनेटको शुल्क धेरै घटेको छ । हामीले प्रतिस्पर्धीबाट राम्रो गरेर ग्राहकलाई धेरै सेवा सुविधा दिँदा ग्राहकलाई नै फाइदा हुँदै आएको छ र यो सधैं अनले पनि फाइदा नै दिदै आएको छ । यसको अर्को विशेषता भनेको प्याकमा बचेको सेवाहरु खेर जाँदैन, भ्यालिडिटीभित्रै अर्को पटक प्याक खरिद गर्दा थपिएर आउँछ । जस्तै मेरो प्याकमा १ जीबी डेटा र २५ मिनेट टक टाइम प्रयोग गर्न बाँकी थियो भने त्यो नयाँ किनेको प्याकमा थपिन्छ ।

बागमती प्रदेशमा एनसेलको सेवा प्रवाह कस्तो छ?
बागमती प्रदेश हाम्रो प्रमुख बजार हो । यहाँ हाम्रो कुल ग्राहक संख्याको २४ प्रतिशत ग्राहक र कुल नेटवर्कको झण्डै २८ प्रतिशत साईटहरु छन् । धेरै डाटा चलाउने ग्राहकहरु पनि यही छन् । त्यसैगरी ग्राहकलाई गुणस्तरीय सेवा दिन ६० प्रतिशत भन्दा बढि साईटहरु फाइबरमार्फत जोडिएका छन् र यहाँ हाम्रा ११ वटा एनसेल सेन्टरहरु रहेका छन् । हामीले डिजिटल माध्यममा एनसेल पसल एपबाट पनि सेवा दिन्छौं । त्यसबाट हामीसँग बागमतिमा प्रत्येक दिन औसतमा ६ हजार ५ सय ग्राहकले प्रत्यक्ष अन्तरक्रिया गर्नुहुन्छ । हामीसँग १५ हजार भन्दा बढी खुद्रा विक्रेताहरु आवद्ध हुनुहुन्छ । जसले एनसेलको डिजिटल माध्यमबाट ग्राहकलाई नयाँ सिमकार्ड प्रदान, ब्यालेन्स ट्रान्सफर, डाटा प्याक खरिद लगायतका सेवा दिने गर्दछ ।

अन्तिममा, ग्रामीण क्षेत्रमा पनि एनसेलको सेवालाई प्रभावकारी बनाउन तपाईंहरुको योजना के छ?
हामी देशैभरका ९० प्रतिशत भन्दा बढि जनसंख्यामाझ आफ्नो फोरजी सेवाका साथ उपस्थित छौं । हाम्रा खुद्रा विक्रेताहरु ग्रामीण क्षेत्रमा त्यहाँका स्थानीयहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्नुहुन्छ । बागमती प्रदेशको ग्रामीण क्षेत्रमा मात्र हाम्रो ४५–५० जना बजार प्रतिनिधिहरु हुनुहुन्छ । उहाँहरुले विक्रेताहरुसँग सधैं अनलगायतका विषयमा बिफ्रिङ गर्नुहुन्छ । यसले गर्दा ग्राहकलाई प्रभावकारी सेवा लिन मद्दत पुग्दछ । हामीले हाम्रो प्रोडक्टको बारेमा सही जानकारी दिन देशै भर विभिन्न माध्यमहरुबाट विज्ञापन पनि गर्छौ जसले ग्राहकहरुलाई सेवा, सुविधाहरुको बारेमा जान्न सजिलो हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*