रोहित र विराटसंगै जडेजाले पनि लिए टि–२० क्रिकेटबाट सन्यास

स्वर्णिम खबर
१७ असार २०८१, आईतवार २०:०४

१६ असार, काठमाडौँ । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
विश्वकपको उपाधि जितेको भोली पल्ट आइतबार नै सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत जडेजाले यो जानकारी दिएका हुन् । उनले टी–२० विश्वकप जित्नु एउटा सपना पूरा हुनुजस्तो भएको भन्दै माया र साथका लागि समर्थकलाई धन्यवाद दिएका छन् । देशका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरेको भन्दै जडेजाले क्रिकेटको अन्य फर्म्याटमा पनि यो जारी राख्ने बताएका छन् ।
टी–२० विश्वकप जितेलगत्तै सन्न्यासको घोषणा गर्ने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि शनिबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेपछि विराट कोहली र रोहित शर्माले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*