मकवानपुरमा पहिलो पटक स्क्रयाबल सम्बन्धि कार्यशाला हुने

स्वर्णिम खबर
१५ असार २०८१, शुक्रबार १९:२२

१४ असार, हेटौँडा । स्क्रयाबल खेलको बारेमा जानकारी दिने उद्देश्यले मकवानपुर जिल्लामा पहिलो पटक एक दिवसीय कार्यशाला हुने भएको छ ।
स्क्रयाबल क्लबसँगको समन्वयमा हेटौंडा २ स्थित बाल जागृती इग्लिंस स्कुलको आयोजनामा शनिबार रोयल पार्टी प्यालेसमा स्क्रयाबल सम्बन्धि कार्यशाला हुन लागेको हो । कार्यशालामा मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी ५० विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यशालामा अंग्रेजी, गणित र नेपालीमा स्क्रयाबल खेलको बारेमा जानकारी प्रदान गरिनुका साथै खेल समेत खेलाइने स्क्रयाबल क्लब मकवानपुरका संयोजक विवश थापाले बताउनुभयो ।
कार्यशालामा सहभागि हुनका लागि शुल्क नलाग्ने विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिनुभयो । सहभागीलाई यातायातको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो । सहभागी प्रत्येक विद्यालयलाई प्रोत्साहन स्वरुप स्क्रयाबल बोर्ड प्रदान गर्ने प्रिन्सिपल सुवेदीले बताउनुभयो । कार्यक्रम आयोजनाका लागि ३ लाख लाग्ने आयोजकको अनुमान छ । कार्यक्रमको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने बताइएको छ ।
मकवानपुरमा बाल जार्गती इग्लिस स्कुलका प्रसिद्ध तिमल्सिनाले राष्ट्रिय तथा अन्र्तरष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । कार्यशालाको टिम टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्नेछ । स्क्रयाबल बोर्डमा खेलिने रोचक शब्द खेल हो । यो खेलमा चेस जस्तै देखिने बाकसमा अक्षर मिलाएर शब्द र शब्दहरुको जालो बनाउने कार्य गरिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*