प्रदेशसभाबाट जारी भएको ऐनबाट नै प्रतिष्ठान नियमन हुन्छः मुख्यमन्त्री जम्कट्टेल

मनिल महतो
१५ असार २०८१, शुक्रबार १४:४५

१४ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना भएको बताउनुभएको छ ।
प्रतिष्ठानको शुक्रबार भएको चौथौ वार्षिकत्सव कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य जनशक्ति उत्पादन र आपूर्ति गर्नकै लागि प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो । प्रदेश सरकारको नयाँ सोचका साथ स्थापना भएको संस्थाको बारे गलत भ्रम फैलाएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट जारी भएको ऐनबाट नै प्रतिष्ठान नियमन हुने भएकोले भ्रम फैलाउन जरुरी नभएको बताउनुभयो । उहाँले ऐनले व्यवस्था र निर्देशित गरे बमोजिम नै सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।


यसैगरी कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जिम्मेवार राजनीतिक दलहरु नै हेटौंडा अस्पताललाई रिफर सेन्टर बनाउन लागिपरेको आरोप लगाउनुभयो । प्रतिष्ठानको कारण हेटौंडा अस्पतालको पहिचान हराउँछ भन्ने भ्रम फैलाएको उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रतिष्ठानको कार्य प्रगति र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*