सञ्चारक्षेत्र र लोकतन्त्र एकअर्काका परिपुरकः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
१३ असार २०८१, बुधबार २०:१७

१२ असार, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चार क्षेत्र र लोकतन्त्र एकअर्काको परिपुरक भएको बताउनुभएको छ ।
लोकतन्त्र बलियो भए सञ्चार क्षेत्र शक्तिशाली बन्न सक्ने मन्त्री श्रेष्ठले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा हेटौंडामा भएको सेवा प्रवाह तथा सुशासन सम्बन्धी कानुन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सञ्चारक्षेत्रले सार्वजनिक सेवा प्रवाह र सुशासनको विषयलाई प्रभावकारी बनाउन तथा नागरिकहरू माझ पु¥याउन भूमिका खेल्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । राज्य संस्थाका व्यक्तिहरूको गलत धारणाका कारण प्रेसलाई आतङ्कका रूपमा लिने गरेको उहाँको भनाई छ ।
मन्त्री श्रेष्ठले पछिल्लो समय मिसन पत्रकारिताका नाममा सामान्य मूल्य, मान्यता र पत्रकारिताको आचारसंहिता विपरीतका काम भइरहेको त्यसतर्फ पनि सचेत रहनुपर्ने बताउनुभयो । जिम्मेवार पत्रकारिता नै अहिलेको आवश्यकता भएको उहाँको भनाई छ ।
प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासो रहित र कमजोरी हुन नदिन जिल्लास्तरमा संरचना विकास गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयकी कानुन महाशाखा प्रमुख उपसचिव मनुका घिमिरेले सेवा प्रवाह तथा सुशासनमा कानुनी निर्माण प्रक्रियाका विषय र सञ्चारकर्मी तथा मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरेश श्रेष्ठले सेवा प्रवाह र सुशासनमा सञ्चारकर्मीको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*