त्रिपक्षीय छलफलको माध्यमबाट उत्पादित वस्तुहरुको बजारीकरण गरिनेछः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
१२ असार २०८१, मंगलवार १९:०६

११ असार, हेटौँडा । बागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले लगानीकर्ताको समस्या र श्रमिकका अधिकारका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
रोजगारदाता, ट्रेड युनियन र श्रमिकहरू बिचको बढ्दो दुरी घटाउन सरकारले गम्भिरताका साथ काम गरिरहेको मन्त्री श्रेष्ठको भनाई छ । मंगलबार हेटौंडामा आयोजित सकारात्मक श्रम सम्बन्ध विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले त्रिपक्षीय छलफलको माध्यमबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्ने उल्लेख गर्नुभयो । ट्रेड युनियनहरूले उठान गरेका श्रमिकका मुद्दा र उद्योगीका जिम्मेवारीका विषयमा सकारात्मक रूपमा नीति संवाद गर्ने सरकारको योजना रहेको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले उद्योग व्यवसायीहरूको प्रवर्द्धनमा सरकारले नयाँ ढङ्गको कार्यक्रम ल्याउने गरी बजेट केन्द्रित गरेको दाबी गर्नुभयो ।


कार्यक्रममा उद्योग व्यवसायी प्रतिनिधिहरूले सरकारको नीति र कार्यक्रम उद्योगमैत्री नभएको र त्यसमा सुधार गरेर उत्पादनमा केन्द्रित हुने कार्यक्रम ल्याउन माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*