विदेशीको विरोधको कारण हेटौंडा कपडा उद्योग बनाउने योजना रोकियोः मन्त्री उप्रेती
९ असार, हेटौँडा । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन आग्रह गर्नुभयो । सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै मन्त्री उप्रेती यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए । जुन देशबाट कपडा आइरहेको छ त्यो देशबाट र कपडा ल्याइरहेका ब्यापारीले नै सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको मन्त्री उप्रेतीले बताउनुभयो ।
मन्त्री उप्रेतीले हेटौंडा कपडा उद्योग सेनाले चलाउने योजना आत्मनिभएर हुनका लागि भएको दाबी समेत गर्नुभयो ।