संघीयतालाई बलियो बनाउन बजेट निर्माणमा नयाँपन ल्याउनुपर्छः मन्त्री थपलिया

आरती ढकाल
८ असार २०८१, शुक्रबार २१:०४

७ असार, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संघीयतालाई बलियो बनाउन बजेटको निर्माण र वितरण प्रणालीमा नयाँपन ल्याउनुपर्ने बताउनुभएको छ ।
बजेट निर्माणको परम्परागत प्रणालीबाट प्रदेश र राष्ट्रको समृद्धि हुन नसक्ने मन्त्री थपलियाको भनाई छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को  बजेट माथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री थपलियाले प्रतिपक्षी दलहरुले दिएको सुझावलाई सकारात्मक रुपमा लिएर प्रदेश सरकार अघि बढ्ने बताउनुभयो । प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रको योजनाहरुलाई सम्बोधन गर्न पनि सरकार तयार रहेको उहाँको भनाई छ । सरकार पक्षले प्रतिपक्षी पक्षलाई बजेट दिँदैन की भन्ने त्रास र बजेटलाई मन्त्रीमुखी हुन बाट रोक्न पनि बजेट निर्माणको प्रक्रिया नै परिवर्तन गर्नुपर्नेमा मन्त्री थपलियाले जोड दिनुभयो ।
बजेट प्रति असन्तुष्टि प्रतिपक्षी दलहरुले बिहिबारको प्रदेशसभा बैठक अवरोध गरेको थियो । शुक्रबार सरकार, सत्ता पक्षमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षबिच पाँच बुँदे सहमति भएसंगै प्रदेशसभाको अवरोध हटेको हो । प्रदेशसभाको अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*