चिठ्ठा विधेयक परिमार्जन भएर आए प्रमाणिकरण गर्न समस्या छैनः प्रदेश प्रमुख शर्मा

स्वर्णिम खबर
८ असार २०८१, शुक्रबार ०९:५४

७ असार, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले चिठ्ठा विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताउनुभएको छ ।
शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पत्रकारसंग भएको भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले चिठ्ठा विधेयकमा सरकारको नियत ठिक नभएको बताउनुभएको हो । प्रदेश प्रमुख शर्माले विधेयकमा भएको प्रावधानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पार्न सक्ने दीर्घकालिन प्रभावलाई विश्लेषण गरेर नै सदनमा पुनःविचारको लागि फिर्ता पठाएको स्पष्टीकरण दिनुभयो । संविधानले निर्दिष्ट गरेको अधिकारलाई नै प्रयोग गरेर विधेयक फिर्ता पठाएको उहाँको भनाई छ । विधेयक परिमार्जन भएर आए प्रमाणिकरण गर्न कुनै समस्या नरहने उहाँको भनाई छ ।
प्रदेश प्रमुख शर्माले जनताको सुसुचित हुने हकलाई मिडियाले प्रबलीकरण गरेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुले टिआरपी बढाउन कै लागि समाचार सम्प्रेषण गर्न नहुनेमा पनि जोड दिनुभयो ।
उहाँले आगामी दिनमा प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरुलाई रिर्पोटिङको लागि सहज वातावरण बनाउने आश्वासन समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*