सामाजिक सञ्जालले सञ्चारक्षेत्रमा चुनौती थपियोः सभामुख पाठक
४ असार, हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन पाठकले सामाजिक सञ्जालले सञ्चारक्षेत्रमा चुनौती थपिएको बताउनुभएको छ ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशले मंगलबार बागमती प्रदेशसभामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै सभामुख पाठकले सामाजिक सञ्जालहरुले सञ्चारक्षेत्रमा बाढी नै
ल्याएको बताउनुभयो । डिजिटल लाईजेशनले हरेक मान्छेलाई पत्रकार बनाएको उहाँको भनाई छ । सभामुख पाठकले अहिले प्रविधिले सबै सुचनालाई पारदर्शी बनाए पनि धेरै नकारात्मक पक्षहरुलाई पनि निम्त्याएको बताउनुभयो । उहाँले अपुष्ट समाचारहरु प्रवाह भइरहेको त्यसतर्फ पनि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुइँटेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सचिव कृष्णहरि खड्का, मञ्चका बागमती प्रदेश अध्यक्ष राममणि दाहाल लगायतका कोशी प्रदेश र हेटौंडाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।