अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्णः प्रधानमन्त्री दाहाल

स्वर्णिम खबर
५ असार २०८१, मंगलवार १४:०८

४ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौंमा मंगलवार देखि शुरु भएको अन्तर्राष्ट्रिय विकास संघकोबैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तिब्र रूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतिलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । विकासमा चुनौति खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउनुपर्नेमा समेत प्रधानमन्त्री दाहालले जोड दिनुभयो । उहाँले नेपाल ठूला संकटहरुको सामना गर्न कमजोर रहेको र जलवायु परिवर्तनको असरले उक्त जोखिमलाई अझ बढाएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान दिएपनि नेपाल जलवायु परिवर्तनको प्रतिकुल प्रभावबाट असमान रूपमा प्रभावित भएको बताउनु भयो । उहाँले नेपालको प्रचुर जलविद्युत स्रोत, फस्टाउँदै गइरहेको, पर्यटन, कृषि व्यवसाय क्षेत्रहरू र युवा मेहनति जनसंख्या नेपालका लागि प्रमुख शक्तिहरू भएको दाबी गर्नुभयो । उहाँले विनाशकारी भूकम्प, प्रकोप, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक मन्दी जस्ता महत्वपूर्ण चुनौतिहरूको सामना नेपालले पनि गर्नुपरेको र यसले विकासमा बाधा पु¥याएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान (एनडिसी) र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*