हरेक विद्यालयमा वातावरण शिक्षा अनिवार्यः मन्त्री पोखरेल

मनिल महतो
२३ जेष्ठ २०८१, बुधबार १८:०८

२३ जेठ, हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेलले हरेक विद्यालयमा वातावरण शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्री पोखरेलले प्रदेश सरकारको आगामी बजेटमा स्थानीय तहसंग सहकार्य गरी विद्यालयमा वातावरण शिक्षाको व्यवस्था गरिने बताउनुभयो । ५२ औं विश्व वातावरण दिवसको अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्यार्थीसंग जोडिने कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । सामाजिक दायित्वमा युवाहरुलाई लैजान नैतिक शिक्षा पनि दिन जरुरी रहेको उहाँको भनाई छ । मन्त्री पोखरेलले समाजमा रहेको निराशाजनक विषयहरुलाई आशामा परिणत गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


यसैगरी खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले वातावरण दिवसलाई औपचारिकतामा मात्र सिमित नराखी घरभित्रको वातावरणलाई पनि स्वच्छ बनाउनुपर्ने बताउनुभयो । वातावरण सफा भए मात्र सभ्य समाज निर्माण हुने उहाँको भनाई छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानिंया, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको आतिथ्यतामा रहेको थियो । कार्यक्रममा वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका प्रतियोगिताहरुमा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो ।


यसअघि १९ वटै वडाका टोल विकास संस्थाहरुले हुप्राचौरबाट निकालिएको ¥याली पारिजातपथ, बुद्धचोक, मेनरोड, सीमाचोक हुँदै कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा पुगेर समापन भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*