बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

स्वर्णिम खबर
१४ जेष्ठ २०८१, सोमबार १९:२७

१४ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि प्राथमिकता रहने जनाएको छ । । प्रदेश प्रमुख शर्माले सबै नीतिमा स्वास्थ्य नीति लागू गर्ने, एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई बिस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गर्ने बताउनुभयो । त्यसैग्री मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै कार्यान्वयन गर्ने, बागमती विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने सरकारको योजना रहेको छ ।
त्यसैगरी प्रदेश प्रमुख शर्माले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशाला सह लगानीमा सम्पन्न गर्ने, गौरीटार रङ्गशाला निर्माणलाई सम्पन्न गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो । युवा उद्यमशीलता विकासका लागि सीप वर्ष घोषणा गरी कार्यान्वयन गर्ने, एक प्रदेश एक निर्वाचन क्षेत्र प्राङ्गारिक मल कारखाना स्थापना गर्न स्थानीय तहसँग समन्वय गरी अघि बढाइने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गर्ने, मानव र वन्यजन्तुको द्वन्दको न्यूनीकरणका लागि आवश्यक व्यवस्था, लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरी लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम माथि जेठ १६ गतेदेखि प्रदेशसभा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*