प्रदेश उच्च शिक्षा पहिलो संशोधन अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने

स्वर्णिम खबर
८ जेष्ठ २०८१, मंगलवार १९:११

८ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा पहिलो संशोधन अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न विधेयक ल्याउने भएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले केही दिन अघि जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो । त्यसैगरी प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक २०८१ लाई पनि प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै युवा तथा खेलकुद मन्त्रालयको लागि संक्षित संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
यसैगरी बैठकले भौतिक मन्त्रालयको प्रस्तावमा अस्थायी रुपमा रहेका संरचनाहरुलाई स्थायी रुपमा नै काम गर्ने गरी स्वीकृती प्रदान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*