बागमती प्रदेशः विनियोजन बिद्येयक २०८१ का सिद्दान्त र प्राथमिकतामाथि छलफल
६ जेठ, हेटौँडा । बागमती प्रदेशको विनियोजन बिद्येयक, २०८१ का सिद्दान्त र प्राथमिकतामाथि आइतबार सैद्धान्तिक छलफल भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पेश गर्नुभएको विनीयोजन बिधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल भएको हो । छलफलमा भाग लिंदै प्रतिपक्षका सांसद्हरुले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले प्रदेशको चुनौतीको सामना गर्न नसक्ने बताएका छन् । अघिल्लो सरकारले ल्याएको विनियोजन विधेयकलाई नै ब्रेक डाउन गरी अहिलेको सिद्धान्त र प्राथमिकता आएको उनीहरुको भनाई छ । सरकारले अर्थतन्त्रका समस्याहरुलाई मात्र प्रस्तुत गरेको प्रतिपक्षी दलहरुको भनाई छ । प्रदेश बासीको आकांक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउन पनि प्रतिपक्षी दलका सांसद्हरुले सरकारलाई आग्रह गरेको छ ।
यत्ता सत्तापक्षीय सांसद्हरुले समाजवाद अर्थतन्त्र निर्माण गर्ने गरी नै सिद्धान्त र प्राथमिकता आएको भन्दै बचाउ गरेका छन् । विगतको अनुभवलाई समीक्षा गर्दै समस्याको समाधान सहित आगामी वर्षको मार्गचित्रलाई सिद्धान्त र प्राथमिकताले प्रस्ट पारेको सत्तीपक्षीय दलका सांसद्हरुको भनाई छ । कृषि, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखेर बजेट ल्याए मात्र प्रदेश समृद्धि हुन सक्ने उनीहरुको भनाई छ । प्रदेश सरकारले जेठ १४ गते आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।