बागमती प्रदेश सरकारको विनीयोजन बिद्येयकको सिद्दान्त र प्राथमिकता पेश
१ जेठ, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विनीयोजन बिद्येयक, २०८१ को सिद्दान्त र प्राथमिकता मंगलबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मन्त्री थपलियाले समाजबाद उन्मुख राज्य निर्माण गर्ने नितीगत योजना सहित सिद्दान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्नुभएको हो । सूचना र प्रबिधीको उपयोग गरी सार्वजनिक सेवा प्रबाह गर्ने, पुर्वाधार विकास र वातावरण सन्तुलन कायम गर्ने, राजस्वको दायरा बढाउने, समाजबाद उन्मुख अर्थतन्त्रका लागि बजेट निर्माण गर्ने, प्रदेश गौरबका आयोजनाहरुमा लगानी गर्ने लगायतका विषयलाई सिद्दान्त र प्राथमिकताका रुपमा राखीएको मन्त्री थपलियाले सदनलाई जानकारी दिनुभयो । दक्ष जनशक्ती उत्पादन गर्न ब्यवसायिक तथा सीप मुलक तालिमको ब्यवस्था र वित्तीय पहुँच बिस्तार मार्फत स्वरोजगारको अवसर सृजनागर्ने गरी बजेटको सिद्दान्त र प्राथमिकता निर्धारण हुने मन्त्री थपलियाले बताउनुभयो ।
विनीयोजन बिधेयकका सिद्दान्त र प्राथमिकता छलफलका लागि प्रदेश सभाको बैठकले स्विकृती प्रदान गरेको छ । बिद्येयकमाथि जेठ ६ गतेबाट छलफल प्रारम्भ हुनेछ ।